• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रेसद्वारा वडा पोखरा वडानं २१का वडा सदस्य गुरुङलाई निलम्बन गर्न माग

  •    शुभेच्छा न्यूज  /२७ श्रावण २०७७, मंगलवार २०:४८ ,  प्रकाशीत
  • नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २१ ले पोखरा २१ का वडा सदस्य रामबहादुर गुरुङलाई तत्काल पदबाट निलम्वन गर्न माग गरेको छ ।

    वडा कार्यसमितिको तर्फबाट सभापति केवल गिरीले वडाध्यक्ष खगराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै वडा सदस्य गुरुङलाई निलम्बन गर्न माग गरेका हुन् ।

    काँग्रेसले आवश्यक अनुसन्धान अघि बढाइ अपराध बमोजिमको कानूनी कारवाही गर्न माग गरेको हो ।

    ज्ञापनपत्रमा सार्वजनिक भएको संवाद रेकर्डकै आधारमा पनि उनी कानूनी र चारित्रिक दुवै दृष्टिले पदमा रहिरहन नमिल्ने जनाइएको छ ।

    वडा सदस्य रामबहादुर गुरूङ (कमल) र एक उपभोक्ता समितिका अध्यक्षबीच बाटोको फरफारक सम्बन्धि कुराकानीको अडियो रेकर्ड सार्वजनिक हुँदा वडा सदस्य गुरूङले नगद एक लाख रूपैया घुस लिई योजना फरफारक, मूल्यांकन गर्न सकिने अन्यथा नसकिने बताएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    उपभोक्ता समितिका अध्यक्ष र परिवारलाई जिउँज्यानको धम्की समेत दिएको सुनिन्छ, ज्ञापनपत्रमा भनिएको छ– यसबाट अध्यक्ष र उनका परिवार असुरक्षित देखिएकाले सुरक्षाको प्रवन्ध गरियोस्।

    ज्ञापनपत्रमा जनता माथि यसै गरी अपराध गर्दै जाने र अपराध लुकाउदै जाने देखिएमा जुनसुकै आन्दोलनका कार्यक्रम सहित अगाडि बढ्ने चेतावनी समेत दिइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.