पोखरामा ४ जना सहित गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण
"महानगरपालिका वडा नम्बर ५ मा ११ बर्षिय बालक र ३८ बर्षिय महिला "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा मंगलबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ४, बागलुङ र तनहुँमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ मा ११ बर्षिय बालक र ३८ बर्षिय महिला, पोखरा ३० मा ३० बर्षिय पुरुष र वडा नम्बर १७ मा ४५ बर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनाल गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।
त्यसै गरी बागलुङमा एक महिला र एक पुरुष, तनहुँको बन्दीपुरमा २ पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।
गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको छ ।
ती मध्ये कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ ।
Related