स्याङ्जा प्रशासनद्धारा भदौ ४ गतेसम्मका लागि निशेधाज्ञा
"शुक्रबारदेखि भदौ ४ गतेसम्मका लागि सूचना जारी "
तपाईको प्रतिक्रिया





जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पुन जिल्लामा निशेधाज्ञाको अबधिलाई थप गरेको छ।
जिल्लाका विभिन्न स्थनाहरुमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिएपछि दुइसाता अधि जारी गरेको निशेधाज्ञा पुन बढाइएको हो ।
प्रसाशनले अर्को यसअघि जारी गरिएको निशेधाज्ञा कायम गर्दै शुक्रबारदेखि भदौ ४ गतेसम्मका लागि सूचना जारी गर्दे जिल्ला बन्दको निर्णय सार्वजनिक गरेको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ४ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न निषेध गर्ने गृह मन्त्रालयको आदेश अनुसार प्रशासनले आवतजावतमा प्रतिबन्ध लगाएको छ ।
सूचनालाई अवज्ञा गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड विपरित भेटिएमा कारबाही गर्ने समेत जनाएको छ ।
Related