• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान

  •    शुभेच्छा न्यूज  /३० श्रावण २०७७, शुक्रबार २१:५५ ,  प्रकाशीत
  • अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान सुरु गरेको छ। पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा गाउँपालिकाले उक्त कार्य सुरु गरेको हो।

    पालिकावासीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बचाउन शुक्रवारदेखि अभियान थालिएको हो।

    कार्यपालिकाको शुक्रवारको बैठकका बीच उपस्थित सदस्यलाई टोलटोलमा पुग्ने गरी सामग्री वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले जानकारी दिए।

    यसअघि नेलम्बोले गाउँपालिकालाई बिहीवार नै एक कार्यक्रमका बीच कुल ३० हजार थान मास्क र १५ हजार ब्रोसर उपलब्ध गराएको थियो।पालिकाले स्वास्थ्यकर्मी, शिक्षक र जनप्रतिनिधीको सहयोगमा घरघरै मास्क पु¥याउने जनाएको छ।

    कोरोना संक्रमण बढ्दै गएपछि थप सर्तकता स्वरुप उक्त कार्य थालिएको गाउँपालिकाले भनेको छ।

    सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेलम्बोले महत्वपूर्ण सहयोग गर्दै आएकोमा आभार जनाए।उनले कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्नु अत्यावश्यक रहेको औँल्याए ।

    नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरीत सामग्री प्रत्येक पालिकावासीसम्म पुग्नुपर्नेमा जोड दिए ।

    सबै मिले कोरोनालाई परास्त गर्न सकिने उल्लेख गर्दै अध्यक्ष देवकोटाले सर्तकता सबैभन्दा महत्वपूर्ण हुने भनाई राखे।संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको पनि उनले प्रष्ठ पारे।

    प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कोरोना समुदाय स्तरसम्म पुग्न थालेकाले गाउँपालिकाले सचेतनालाई बढी जोड दिएको बताए ।

    नेलम्बोका अध्यक्ष देवकोटा सहित कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतको टोलीले सामग्री हस्तान्तरण गरेको हो।त्यस्तै गाउँपालिका अध्यक्ष कुँवर, उपाध्यक्ष सगुन गुरुङ, प्रशासकिय अधिकृत अधिकारी, स्वास्थ्य

    शाखा प्रमुख ऋषिराम पौडेल, लेखापाल सरिता गौतम, शिक्षा शाखा प्रमुख बलराम भुगाई लगायतको टोलीले सामग्री ग्रहण गरेको थियो ।रु.३ लाख २२ हजार बराबरका सामग्री हस्तान्तरण गरिएको नेलम्बोले बताएको छ।

    यता कार्यक्रमलाई अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजको पनि सहयोग रहेको जनाइएको छ ।वि.सं.२०६८ को गणना अनुसार अन्नपूर्णको कुल जनसङख्या २३ हजार ४ सय १७ भएपनि हाल करिव २७ हजार पुगेको अनुमान छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.