नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन्।
सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन्। कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन्।
कार्यदलमा ओली, प्रचण्ड र नेपाल समूहका दुईदुईजना रहेको देखिए पनि भागवण्डाको आधारमा कार्यदल गठन नगरेको भुसालको दाबी छ।
कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखितरूपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ।
त्यसैको आधारमा दुवै अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्न सक्छन्।

Related