थप ४६८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि,संक्रमितको संख्या २६ हजार १९
"संक्रमितको कुल संख्या २६ हजार १९ "
तपाईको प्रतिक्रिया





नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गाैतमले २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए।
हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ।२४ घण्टाममा ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेकाे छ। हाल देभभर १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका छन्।
Related