पोखरामा थप ८ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय
"गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय "
तपाईको प्रतिक्रिया





कास्की ।पोखरामा ८ जनमा कोरानो भाइरसको संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा ८ जना स्रक्रमित फेला परेका हुन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा पोखरा महानगरपालिका वडा नं १ मा २, १४ मा २, २७ मा २, वडानं १० र १७ मा १।१ जना रहेकाछन् ।
शनिबार बिहान निर्देशनालयले जारी गरेको सूचनामा पोखरा महानगरमा तीन सहित गण्डकीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै शनिबार गण्डकीमा १८ जनामा कोरोना संक्रमण देखिएको हो।
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ४ सय ९३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४४ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ६ सय २० मध्ये अहिले सम्म १ हजार ३ सय ९० पुरुष र १ सय ९२ महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।
Related