सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद समाधान गर्न गृहकार्य भैरहेको बेला वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।
आज ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर खनाल र नेपालसँगै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन् ।
हिजो पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि जिज्ञासा राख्दै नेताहरुले सचिवालय बैठकको माग गरेको बुझिएको छ ।
कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले पार्र्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको बताएका थिए ।
प्रचण्डले यस विषयमा अर्का अध्यक्ष ओलीसँग सल्लाह गर्ने आश्वासन दिएका छन् ।

Related