नेपाली काँग्रसको महाधिबेसन नजिकिएसंगै उमेदवारी घोषणा गर्नेको लर्को, गोपालमानले समेत गरे दावी
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा भावी नेतृत्वका आकांक्षी मुख खोल्न थालेका छन्।
संस्थापन इतर समूहबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरुले आफूलाई सभापतिको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन्।
सबैले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आफूलाई संस्थापन इतर समूहबाट एकल उम्मेद्वार बनाउनुपर्ने दाबीसहित तयारी अघि बढाएका छन्।
संस्थापन इतर समूहमा सभापतिको आकांक्षीबीच प्रतिस्पर्धा देखिइरहेका बेला सभापति शेरबहादुर देउवा समूहबाट पनि उनीसहित विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गरेको तथ्य सार्वजनिक भइरहेको छ।
देउवा टिमबाट निधिले भन्दा पहिले नै नेता गोपालमान श्रेष्ठले आफू आउँदो महाधिवेशनमा सभापतिको उम्मेद्वार आफू हुनुपर्ने प्रस्ताव सामूहिक रुपमा देउवा, निधिलगायतका नेताहरुसँग राखेको खुलेको छ।
Related