पोखरामा उपचाररत महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालका आकस्मिक वाहेका सेवा वन्द
"विरामीमा ज्वरो र पखाला जस्ता समस्या देखिएकाले सुरुबाटै साबधानी "
तपाईको प्रतिक्रिया





पोखराको एक अस्पतालमा उपचाररत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको छ ।
पोखरा महानगरपालिका ३२ की एक वृद्ध महिलामा उपचरका क्रममा कोरोना संक्रमण देखिएपछि पोखराको विरौटास्थित रहेको नमस्ते अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको हो ।
हस्पिटलमा उपचाररत वृद्ध महिलामा कोरोना पुष्टि भएपछि इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको अस्पतालको अस्पतालका अध्यक्ष डा.केशव शर्माले जानकारी दिए।
सामान्य ज्वरो र पखला लागेर अस्पताल आएकी महिलालाई उपचारपछि घर पठाएकोमा ज्वरो नियन्त्रण नभएपछि पुनः अस्पताल आएपछि भर्ना गरिएको उनले बताए ।
उनका अनुसार महिलामा उच्च ज्वरो लगायतका अन्य समस्या देखिएपछि अस्पतालले कोरोना परिक्षणका लागि स्वाब संक्रलन गरि परिक्षणका लागि पठाएको थियो ।
परिक्षणका क्रममा आइतबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि विरामीलाई आइसोलेसनमा पठाइएको डा. शर्माले बताए ।
अस्पतालले अहिलेको यस जटिल अबस्थामा सावधानी पुर्वक विरामी उपचार गरेका कारण उनको सम्पर्कमा आएका डाक्टर र स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइमा राखिएको उनले बताए ।
‘विरामीमा ज्वरो र पखाला जस्ता समस्या देखिएकाले हामीले सुरुबाटै साबधानी अपनाएका थियौं । त्यसैले विरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीमा समेत संक्रमण हुने सम्भावना न्युन छ’ उनले भने । ‘हाम्रो साबधानीका कारण स्वास्थ्कर्मी र डाक्टरहरु ९५ प्रतिशत शुरक्षित रहेका छन् । पीसीआर परिक्षण पछि यो प्रष्ट हुने छ।’
अध्यक्ष डा. शर्माले अस्पतालका सम्पूर्ण वार्डमा निर्मलिकरण गरि विरामीको सम्पर्कमा नभएका चिकित्सक र स्वास्थ्य कर्मी मार्फत आकस्मिक (इमर्जेन्सी) वार्डसंञ्चालमा ल्याइएको बताए।
Related