• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काँग्रेसद्धारा गण्डकी प्रदेश सभा बैठक अवरुद्ध, ९ गते सम्मको लागि बैठक स्थगित

"कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रदेश सभाको बैठक अबरुद्ध  "
  •    शुभेच्छा न्यूज  /१ भाद्र २०७७, सोमबार १६:०३ ,  प्रकाशीत
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठक अबरुद्ध गरेको छ ।

    सभाको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभा स्थगित भएको हो।

    प्रमुख प्रतिपक्षी दलको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक भदौ ९ गते सम्मकालागि स्थगित भएको घोषणा गरेका छन/

    आफ्नो मागबारे पटक–पटक सदन स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो ।

    कोराना नियन्त्रणसम्बन्धी समेटेर प्रस्तुत गरेको चारबुँदे संकल्पमा उल्लेखित विषय तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा साँसदबीच समान व्यवहार गर्नुपर्ने काँग्रेसको माग छ ।

    काँग्रेसको संकल्प प्रस्तावमा ‘एक घर एक पिसिआर’ व्यवस्था हुनुपर्ने, जिल्लामा स्थापित क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप गराइनुपर्ने, आइसोलेसन बेडको उचित प्रबन्ध गर्नुपर्ने र कोरोना संक्रमितको निधन भएमा उचित व्यवस्थापनको चाँजोपाँजो

    मिलाउनुपर्ने माग उल्लेख छ । सो प्रस्ताव यसअघि संसद्बाट बहुमतले अस्वीकृत भए पनि जनताले भोग्नुपरेका समस्या जस्ताको तस्तै रहेको भन्दै काँग्रेसले माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ ।

    यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष र समानुपातिक सांसदबीच समान व्यवहार हुनपर्ने काँग्रेसले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.