पोखराको कास्की सेवा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
"५० बर्षीय महिलाको मृत्यु पश्चात कोरोना पुष्टि "
तपाईको प्रतिक्रिया





पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
पोखरास्थित रहेको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको हो ।
साउन ३२ गतेदेखी अस्पतालमा उपचाररत तनहुँ व्यास नगरपालिका १ की ५० बर्षीय महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशलनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले बताए।
उनको सोमबार राति साढे ११ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।मधुमेह र मुटुरोगको समस्या रहेकी उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ ।
मृत्यु भएपछि पोखरामा भएको कोरोना परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको हो ।
नेपाली सेनाले आज उनको अन्तिम संस्कार तयारी गरेको छ । गण्डकी प्रदेशमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
Related