कोरोना संक्रमणका कारण पोखरामा उपचारका क्रममा एक बृद्धको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडानं. १६ का ८७ बर्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराले जनाएको छ।
कोरोना संक्रमणका कारण अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पोखरा दिपका ८७ बर्षका पुरुषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताका निर्देशक डा. अर्जुन आचार्यले बताए ।
उनको आज विहानपख मृत्यु भएको हो । उनको स्वाब परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले जानकारी दिए।
उनी श्रावण ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

Related