थप ६८१ जना कोरोना संक्रमण पुष्टि,डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुग्यो
"२४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज "
तपाईको प्रतिक्रिया





नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गाैतमले २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।
यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।
२४ घण्टामा ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।
देशभर सक्रिय संक्रमित ११ हजार १ सय १८ छन्।
Related