निषेधाज्ञा जारी भएपछि पहिलो दिनमै ठम्प बनेको पोखरा (फोटो फिचर)
"कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ७ गते राति सम्मका लागि निषेधाज्ञा जारी "
तपाईको प्रतिक्रिया





कोरोना संक्रमणम तीव्र भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञाको पहिलो दिन पोखरा सुनसान भएको छ ।
मंगलबार मध्यराति देखी लागूहुनेगरी जिल्ला प्रसासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको थियो ।
पर्यटकिय नगरी पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ७ गते राति सम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
लकडाउन खुलेसंगै पोखरामा पनि चहलपहल बढेको थियो । विस्तारै मानिसहरु आफ्नो दैनिकीमा फर्किन थालेका थिए । तर पछिल्लो समय फेरी संक्रमणको क्रम बढेपछि नागरिकमा त्रास पैदा भएको छ ।
पोखरा क्षेत्रका मुख्यमबजार महेन्द्रपुल, चिप्लेढुङा, नयाँबजार, न्यूरोड, पृथ्बीचोक बजार ठप्प भएका छन् । पहिलो दिन पोखराको यातायात, व्यापार व्यवसाय, कलकारखाना सबै बन्द भएका छन् ।
प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाध्यान्न, तरकारी, फलफुल, माछामासु र दुघजन्य बस्तु बिक्री गर्नेपसल खोल्न छुट दिएको छ । आशिंक रुपमा चले पनि अधिकांश पसल बन्द थिए ।
पोखरा बजार क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरेका आरोपमा सयौ सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ।
आज पहिलो दिनको निषेधाज्ञामा पोखराको बजार क्षेत्र सुनसान छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकिङमा कडाई गरिएको छ ।
प्रहरीले बजारको मूख्य चोकमा गरेको कडाईमा दर्जनौ सवारी साधन नियन्त्रणमा लिएको छ । अहिलेसम्म करिब सय मोटरसाइकलको चाबी प्रहरीले लिएको छ ।
त्यस्तै, पोखराको सृजनाचोकमामात्रै बोलेरो जीपलगायत २ दर्जन सवारी साधन नियन्त्रणमा रहेको छ ।
बजारमा फाटफुट रुपमा चारपाग्रे र दुइपाग्रे सवारी सडकमा देखिन्छन् ।
पहिलो दिन सुचना नपुगेर पनि यात्रा गरेको हुनसक्ने भन्दै प्रहरीले सम्झाइबुझाइ छाड्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले भोलिबाट निषेधाज्ञा उल्लंगन गर्नेलाई कारवाहीको दायरामा ल्याउने उनले बताए ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र चेकजाच गरिरहेका छन् । मालवाहक सावारी, दुध बोक्ने गाडी, स्वास्थ्यकर्मीका सवारी, एम्बुलेन्स, खानेपानी बोक्ने लगायतका सवारीमात्र भने निर्वाध चलिरहेका छन् ।
करिब ५ महिलना देखी बन्द रहेको प्रमुख पर्यटिकय क्षेत्र लेकसाइड निषेधाज्ञा पछि झनै सुनसान बनेको छ ।
सडकमा मानिसहरु आवतजावत गरेको देख्न सकिन्छ ।
Related