• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नमस्ते अस्पतालका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ,अस्पतालका सवै सेवा शुचारु

"पीसीआर परिक्षणका स्वाब दिएका अस्पतालका २० जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ "
  •    शुभेच्छा न्यूज  /४ भाद्र २०७७, बिहीबार ०९:५१ ,  प्रकाशीत
  • पोखरा विरौंटास्थित नमस्ते अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुको कोरोना भाइरसको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

    गत शनिबार अस्पतामा उपचाररत एक विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विरामीको सम्र्कमा आएका अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको पीसीआर परिक्षणका लागि स्वाब लिएर उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

    पोखरा महानगरपालिका ३२ की एक वृद्ध महिलामा उपचरका क्रममा कोरोना संक्रमण देखिएपछि अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको थियो ।

    सामान्य ज्वरो र पखाला लागेर अस्पताल आएकी महिलालाई उपचारपछि घर पठाएकोमा ज्वरो नियन्त्रण नभएपछि पुनः अस्पताल आएपछि भर्ना गरिएको थियो ।

    त्यसपछि अस्पतालले उनको कोरोना परिक्षणका लागि स्वाब संक्रलन गरि परिक्षणका लागि पठाएकोमा कोरोना संक्रमण देखिएको थियो ।

    अस्पतालका प्रबन्ध निर्देशक डा. केशव शर्माले पीसीआर परिक्षणका स्वाब दिएका अस्पतालका २० जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ आएको बताए ।

    ‘हामीले शुरुदेखि नै विरामीको परिक्षणका क्रममा आबस्यक सावधानी अपनाएका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मीमा संक्रमण भएन’ उनले भने ।‘उपचारमा संलग्न चिकित्सक र सम्पर्कमा रहेका सवै स्वास्थ्यकर्मीमो पीसीआर रिपार्ट नेगेटिभ आएको छ। पीसीआर परिक्षण पछि सवै सुरक्षित भएको प्रमाणीत भयो ।’

    प्रबन्ध निर्देशक डा. शर्माले अस्पतालमा बन्द गरिएका सेवाहरु निर्मलीकरण गरेर शुचारु गरिएको बताए।

    ‘अस्पतालमा बन्द भएका वार्डहरुमा पटक पटक सेनिटाइज गरेर सवै सेवा सञ्चालनमा ल्याएका छौं’ उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.