पोखरामा एउटै परिवारका १३ जनामा कोरोना संक्रमण
"कन्ट्याक्ट ट्रेसिङका क्रममा परिवारका १३ जनामा संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





पोखरामा एकै परिवारका १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पोखरा महानगरपालिका वडानं ५ मालेमाटनको एक सहकारीमा कार्यरत महिलाको परिवारका १३ जनामा संक्रमण देखिएको हो।
महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा परिवारका १३ जनामा संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाका प्रबक्ता एवं वडानं ५ का वडाअध्य धनबहादुर नेपालीले बताए।
अध्यक्ष नेपालीका अनुसार महिलाका श्रीमानका ५ दाजुभाइ मध्ये तीन दाजुभाइका परिवारका सदस्यहरुमा संक्रमण देखिएको हो ।
गत साउन २२ गते सहकारीमा कार्यरत महिलालाई ज्वरो आएपछि फेवासिटी अस्पतालमा भर्ना भएकी थिइन्।
उनमा ज्वरो देखिएपछि कोरोना अस्पतालले स्वाब परिक्षण गर्न पठाएको थिए। स्वाब परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।
महिलाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङको कार्य चलिरहेको छ।
कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप २ जना संक्रमित थपिएका छन्। उनीहरू तिनै महिलाका देवरका छोराछोरी रहेको अध्यक्ष नेपालीले बताए।
यसअघि संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसनमा राखिएको छ।
एकपरिवारका श्रीमान र श्रीमती भने होम क्वारेनटाइनमै रहेका छन् । पोखरामा एउटै परिवारमा यति ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ ।
पोखरा महानगरमा कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। हालसम्म १ सय ३१ जना निको भएर घर फर्किएका छन्।
Related