सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।
बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे
महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर धम्की दिएको रानाको भनाइ छ ।
बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।
उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए ।
स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुन थालेपछि सरकारले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई
दुर्व्यवहार नगर्न आग्रह गर्दै यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही गर्ने स्पष्ट पारेको छ ।
स्थानीयले राजधानीको बानेश्वरस्थित मिलनचोकका डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका छन् ।
शनिवार उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।
सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।
बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे
महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर धम्की दिएको रानाको भनाइ छ ।
बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।
उनले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने उनले सुनाए ।
स्वास्थ्यकर्मीबाट कोरोना सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुर्व्यवहारको घटना हुन थालेपछि सरकारले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई
दुर्व्यवहार नगर्न आग्रह गर्दै यदि कसैले दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही गर्ने स्पष्ट पारेको छ ।
sorce ratopati
Related