भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा भेटियो शुभेच्छा न्यूज /६ भाद्र २०७७, शनिबार ०९:३९ , प्रकाशीत स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् । भगवान विष्णुको अवतारहरु मध्य एउटा कछुवाको अवतार पनि भएको धार्मीक मान्यता छ । त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ। विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ। स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो। जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्। स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फेला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ, उनले भनेका छन्। सो कछुवा देखेपछि स्थानिय खुसी भएका छन् । धार्मीक मन्दिरहरुमा राखिने कछुवाको प्रतिमाहरु पनि स्वर्ण कछुवाकै रुपमा हुन्छन् । स्वर्ण कछुवाको धार्मिक महत्व रहेको उनले बताएका छन् । हिन्दु धर्म मान्यता अनुसार कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रुपमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ, उनले डेली मेलसँग भनेका छन्। कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् ।
भगवान विष्णुको अवतारहरु मध्य एउटा कछुवाको अवतार पनि भएको धार्मीक मान्यता छ । त्यो कछुवा स्वर्ण कछुवा हो ।
भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ।
विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो।
भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ।
स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो।
जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।
स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फेला परेको छ।
तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ, उनले भनेका छन्। सो कछुवा देखेपछि स्थानिय खुसी भएका छन् ।
धार्मीक मन्दिरहरुमा राखिने कछुवाको प्रतिमाहरु पनि स्वर्ण कछुवाकै रुपमा हुन्छन् ।
स्वर्ण कछुवाको धार्मिक महत्व रहेको उनले बताएका छन् ।
हिन्दु धर्म मान्यता अनुसार कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ।
भगवान विष्णुको अवतारका रुपमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ, उनले डेली मेलसँग भनेका छन्।
कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ।
Related