कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप "दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म " शुभेच्छा न्यूज /७ भाद्र २०७७, आईतवार १७:१३ , प्रकाशीत पोखरा महानगरपालिकामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ। पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो । निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान पोखरा महानगरपालिका कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो । पोखरा महानगरपालिकाको सिफरीसलाई जिल्ला संकट व्यवस्थपान समिति कास्कीले अनुमोदन गर्दै निषेधाज्ञाको थप्ने निर्णय गरेको हो । पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ३ गते राति १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा गरेको थियो । दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म हुने कास्की प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने परेको उनले बताए । १२ गते पछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको पोखरा महानगरको रहेको छ । पोखरामा २ सय ६४ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८८ जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ७ जना आइसोलेसनमा छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा महानगरपालिकामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ।
पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो ।
निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान पोखरा महानगरपालिका कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते
सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।
पोखरा महानगरपालिकाको सिफरीसलाई जिल्ला संकट व्यवस्थपान समिति कास्कीले अनुमोदन गर्दै निषेधाज्ञाको थप्ने निर्णय गरेको हो ।
पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ३ गते राति १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा गरेको थियो ।
दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म हुने कास्की प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने परेको उनले बताए ।
१२ गते पछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको पोखरा महानगरको रहेको छ ।
पोखरामा २ सय ६४ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८८ जना पुगेको छ ।
कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ७ जना आइसोलेसनमा छन् ।
Related