पोखरामा ४ सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ८७९
"संक्रमण पुष्टि भएका पुरुष ट्याक्सी चालक "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरु कास्कीको पोखरामा ४, नवलपुर पूर्वमा ६ र गोरखामा १ जना रहेका छन् ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार विहान २ र दिउसो २ जना सहित पोखरामा ४ जनामा संक्रमण देखिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १६ का ३१ वर्षीय महिला तथा ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
संक्रमण पुष्टि भएका पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसै गरी अन्य २ जनामा एक जना सेवा अस्पतालमा कार्यरत नर्स र १ जना अस्पतालमा उपचाररत महिला रहेका छन् ।
त्यस्तै गोरखाको गोरखा नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३ पुरुष तथा ३ महिला गरेर ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार भेटिएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन् ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ। कोरोना संक्रमितहरुलाई आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ९२ जना निको भएर घर फर्किएका छन् ।
अहिले सम्म ७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका अस्पतालका आइसोलेसनमा २ सय ६९ जना रहेका छन्
Related