लमजुङको बेँसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ।
चितुवाले बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मरेको हो।
बालकलाई आक्रमण गर्न खोजेपछि थापा चितुवासँग भिडेका थिए। भिड्ने क्रममा चितुवाको आक्रमणबाट थापा घाइते भएका छन् भने थापाले प्रहार गरेको हँसियाको चोटका कारण चितुवा मरेको छ।
चितुवासँग भिड्दा घाइते भएका थापालाई उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा लगिएको छ।

Related