• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका होटललाई ‘पे­-आइशोलेशन’ बनाउने तयारी

  •    शुभेच्छा न्यूज  /८ भाद्र २०७७, सोमबार १५:०५ ,  प्रकाशीत
  • कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

    महानगर प्रमुख मानबहादुर जिसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका सङ्क्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पे­आइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताए ।

    अहिले कृषि तालिम केन्द्रलाई ४० शैयाको आइशोलेशन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ ।

    हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जिसीले जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ ।

    पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नसिर्ङ्ग होम, लेकसिटी ब्लक बी र ¥यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म

    २२३ शैयाको चार क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् ।

    महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिए ।

    विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका २४

    होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शैयाको क्वारेन्टिन सञ्चालन गरेको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई भेन्टिलेटर र ११ आइसियु शैया छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु

    शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ छ ।

    गण्डकीमा ८३० क्वारेन्टिन छन् भने २६१ आइसोलेशन छन् ।

    भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ ।

    तस्विर सुदर्शन रञ्जित

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.