• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका जिम्मेवार अर्थमन्त्री निषेधाज्ञा प्रति असन्तुष्टि ; प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध बढेको प्रष्टियो

"‘निषेधाज्ञा’ को निर्णयलाई लिएर प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध "
  •    शुभेच्छा न्यूज  /८ भाद्र २०७७, सोमबार ०९:२४ ,  प्रकाशीत
  • ‘निषेधाज्ञा’ को निर्णयलाई लिएर प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध बढेको छ ।

    पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १२ गतेसम्म निषेधाज्ञा बढेपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीव्र असन्तुष्टि जाहेर गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाँगामा बसेर रुखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बँच्न खोज्नेहरु एकै हुन् ।’ मन्त्री गुरुङ कडा लकडाउन तथा निषेधाज्ञा जारी गर्नुपर्छ भन्ने मान्यताको विपक्षमा रहँदै आएका छन् ।

    यसअघि, पोखरा महानगरपालिकाले निषेधाज्ञाको सिफारिस गर्दा पनि गण्डकी प्रदेश सरकारले आनाकानी गरेको थियो ।

    महानगरका मेयर मानबहादुर जिसीको प्रस्तावलाई प्रदेशले ठोस निर्णय नदिएर जिल्लामा पठाइदिएको थियो ।

    प्रदेशको अर्थ मन्त्रालय जस्तो गहन जिम्मेवारी सम्हालेका उनले निषेधाज्ञा समाधानको बाटो नभएको बताउँदै नयाँ मोडालिटीको खोजी नगरेसम्म प्रदेशको मात्रै नभई देशकै आर्थिक अवस्था चौपट हुने दाबी गरेका हुन ।

    उनले हाम्रो जस्तो मुलुकले बन्दा वन्दीजस्ता कुराहरूलाई कति दिन थेग्न सक्छ ? भन्ने प्रश्न गर्दै लकडाउन र निषेधाज्ञाका जे भनिए पनि यो विषयमा अव बहस आवश्यक रहेको बताएका छन्।

    उनले कोरोना नियन्त्रण गर्न लकडाउन र निषेधाज्ञा आवश्यक नै नभएको जिकिर गरेका छन् ।

    निषेधाज्ञा कोभिड विरुद्धको लडाइमा आवश्यक नरहेको तर्फ इगिंत गर्दै मन्त्री गुरुङले युद्धका वेला प्रयोग हुने निषेधाज्ञा स्वास्थ्य सङ्क्रमणका बेला लागु गरिनु मर्म विपरीत रहेको बताए ।

    कोरोनाको रोकथाम कसरी गर्ने भन्ने विषयमा बहस आवश्यक रहेको तर्फ जोड दिँदै उनले औषधि उपचार नभएको रोग, जसको

    मृत्युदर समेत कम रहेको छ त्यसको लागि समग्र अर्थतन्त्रलाई नै असर पर्ने गरी लकडाउन र निषेधाज्ञा गरिनु सुझबुझ पूर्ण निर्णय नभएको उल्लेख गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.