गण्डकी प्रदेश सरकारद्धारा बढ्दो बेरुजु फर्छ्यौट गर्न अनुगमन समिति गठन
"प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सवइन्जिनीयर र इन्जिनीयर राख्न स्वीकृत "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पछिल्लो समयमा प्रदेशका विभिन्न मन्त्रालयमा बढ्दै गएको बेरुजु फर्छ्यौट गराउन अनुगमन तथा मूल्यांकन गर्ने समिति बनाउने निर्णय गरेको छ।
मुलुकमा तीन किसिमका सरकार बनेको लामो समय वितिसक्दा समेत बेरुजुको रकम चुलिएपछि प्रदेश सरकारले बढ्दो बेरुजु रोक्न र फर्छ्योट गराउन प्रमुख सचिवको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन गर्ने समिति गठन गरेको छ ।
समितिमा प्रमुख सचिव संयोजक सहित समितिका सदस्यमा आर्थिक मामिला सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव र प्रमुख प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख रहने गरी ४ सदस्यीय समिति गठन गरिएको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गत भदौ ३ गते बसेको बैठकको निर्णय सोमवार सुनाउँदै सरकारले बढदो बेरुजु नियन्त्रण तथा फर्छ्योट गर्न समिति गठन गरी कार्य अगाडी बढाइएको जानकारी दिएका हुन् ।
यसैगरी मन्त्रिपरिषद् बैठकले पोखरा–७ शहीदचोकस्थित १ हजार ५४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रवक्ता बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सवइन्जिनीयर र इन्जिनीयर राख्न स्वीकृत गरेको बताए। उनका अनुसार सरकारले गत वर्ष पनि ८८ जना सवइन्जिनीयर र इन्जिनीयरहरू प्रक्रिया पु¥याएर दरबन्दी गरेको थियो ।
त्यसैगरी पोखरा–२७ लेखनाथस्थित सरुवा रोग अस्पतालमा १०० शय्या राख्नका लागि आवश्यक सृदृढीकरण र साधनस्रोत संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको उनले बताए छ।
प्रदेश सरकारले गत महिना साविक लायन्स सामुदायिक अस्पताललाई कोभिड–१९ लक्षित गरी सरुवा रोग अस्पतालको रुपमा विकास गरेको हो ।
Related