• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

औषधि ब्यवसायीलाइ अपहरण गरी बन्धक बनाउने दुई जना पक्राउ

  •    शुभेच्छा न्यूज  /९ भाद्र २०७७, मंगलवार १९:३६ ,  प्रकाशीत
  • आफु प्रहरीको इन्स्पेक्टर भएको दाबी गर्दै मेडिकल संचालकलाई अपहरण गरेको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा सन्दिप देवान उर्फ समिप मगर र गणेश दर्जी उर्फ डनदाई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    उनीहरुले सुनसरीको रामधुनी नगरपालिका–५ लगौनाचोकको डायमण्ड कम्प्लेक्सस्थित एक मेडिकलका संचालकलाई शुक्रवार साँझ अपहरण गरेर बन्धक बनाएको आरोप प्रहरीले लगाएको छ।

    पक्राउ परेका दर्जीले मेडिकल संचालकलाई शुक्रबार साँझ फोन गरेर ‘म ईप्रका धरानको इन्सपेक्टर हुँ, तिमीले धरानमा गल्ती गरेका रहेछौ’ भन्दै धम्क्याउँदै तीन लाख रुपैयाँ मागेका थिए ।

    सन्दिप र गणेशले औषधी पसलेलाई ‘भोलिपल्ट तीन लाख २० हजार रुपैयाँ दिनुपर्ने’ शर्तमा नागरिकता, लाइसेन्स र मेडिकल दर्ता प्रमाणपत्र लिएर खाली कागजमा औठाछाप लगाएर छाडेका थिए ।

    भोलिपल्ट अघिल्लो दिनको शर्त अनुसार पैसा बुझ्न लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बतिएको छ।

    उनीहरुविरुद्ध आपराधिक लाभ मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.