पोखरामा ११ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमीत पुष्टि, संक्रमितको संख्या १ हजार ९०८
"पोखरामा ११ र तनहुँ ६ जनामा कोरोना संक्रमण "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका पोखरामा ११ र तनहुँ ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा।विनोदविन्दु शर्माले जानकारी दिए ।
निर्देशनालयले २ पटक जारी गरेको सूचना अनुसार गण्डकीमा संक्रमितको संख्इा १७ र पोखरामा ११ पुगेको हो ।
निर्देशक डा।शर्माका अनुसार पोखरामा मंगलबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ४ का २७ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण भएको छ ।
उनीहर दुुवै जना सुरक्षाकर्मी हुन् । वडा नम्बर ५ का ९ वर्षीय बालिका सहित ३२ वर्षीय महिला, वडा नम्बर ७ का २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर १० का ४० वर्षीय महिला रहेकी छिन् । उनी दुवईबाट फर्किएकी हुन् ।
त्यस्तै वडा नम्बर १४ का २५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं १३ का दुई जना पुरुष, वडा नं २८ का एक पुरुष र वडा नं २९ का एक महिलामा समेत कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कोरोना पुष्टि भएका वडा नं। १३ का दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका हुन् । अन्य दुई जना कन्ट्रयाक टे«सिङको आधारमा पहिचान भएका हुन् ।
उनीहरुमध्ये एक जना पत्रकार रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ०८ पुगेको छ । संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा।शर्माले बताए।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय १२ जना घर फर्किएका छन् ।
Related