मोदी गाउँपालिकामा रहेको डिमुवा प्रहरी चौकीले १२० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
गाउँपालिकाको बिभिन्न स्थानबाट अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरीने कच्चापदार्थ बरामद गरी नष्ट गरीएको हो ।
डिमुवा प्रहरी चौकीका ईन्चार्ज होमनाथ अधिकारी तथा ट्राफिक प्रमुख रेशम थापाको नेतृत्वमा खटिएको टोलिले बुधबार होटल तथा
घरहरुबाट गरी करीब १ सय २० लिटर मदिरा बरामद गरी जनप्रतिनिधि तथा सर्वसाधरणको रोहवरमा नष्ट गरेको हो ।
समाजमा विशेष गरी चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरी झैझगडा लगायतका गतिविधिहरू बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको छ ।
घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न विशेष अभियान संचालन गरिएको ट्राफिक प्रमुख रेशम थापाले जानकारी दिए ।
यस कार्यलाई स्थानीय निकायहरूसँग समेत समन्वय गरी गाउँपालिकाको बिभिन्न वडाहरुमा समेत यो अभियानलाई प्रहरीले तीव्रता दिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
प्रहरीले सञ्चालन गरेको उक्त अभियानले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा टेवा पुगेको स्थानीय बासीले बताएका छन् ।

Related