सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदै थियो ।
२०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।
लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका घिसिङलाई आगामी कार्यकालका लागि निरन्तरता दिनका लागि जनदबाब बढिरहेको थियो ।

Related