गाई काट्ने योजना बनाएको अभियोगमा ५ युवा पक्राउ
"माछापुच्छ्रे गाउँपालिका ३ मा रहेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना "
तपाईको प्रतिक्रिया





गाई काट्ने योजना बनाएको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ।
कास्की सार्दीखोलास्थित जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना बनाएर त्यहाँ पुगेका युवाहरुलाई सुरक्षा गर्ड र कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका ३ मा रहेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना सहित घरेलु हतियार सहित पुगेका युवाहरुलाइ केन्द्रका कर्मचारी र स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
प्रहरीले समूहका ७ मध्ये ५ पक्राउ गरेको जनाएको छ।
युवालाई स्थानिय गाउँले र केन्द्रका कर्मचारीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुवाश हमालले जानकारी दिए।
गाई काट्न गएको आरोप लागेकाहरु माछापुच्छ्रे २ सार्दीखोला कसेरीका समूह भएको उनले बताए ।
युवाहरुविरुद्ध गौरक्ष केन्द्रका पदाधिकारीले जाहेरी दर्ता गरिसकेको प्रहरीले जनाएको छ।
Related