• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्थतन्त्रमा गंभिर असर पर्ने भन्दै निषेधाज्ञालाई थप नगर्न चेम्बरको ध्यानाकर्षण

  •    शुभेच्छा न्यूज  /९ भाद्र २०७७, मंगलवार १५:०४ ,  प्रकाशीत
  • लकडाउन तथा निषेधाज्ञा लामो समयसम्म कायम रहे राष्ट्रिय अर्थतन्त्रमा गंभिर असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले निषेधाज्ञाको अवधीलाई थप नगर्न ध्यानाकर्षण गराएको छ ।

    निषेधाज्ञा लामो समयसम्म कायम रहेको खण्डमा सानो आकारको अर्थतन्त्र भएको मुलुकले धान्न नसक्ने दावी गर्देै चेम्बरले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधीलाई थप नगर्न ध्यानाकर्षण गराएको हो ।

    पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मंगलबार प्रेस विज्ञप्ति प्रकासित गरी कोरोना महामारी बिचमा पनि नेपाल सरकारले लागु गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनु पर्ने बताए ।

    अध्यक्ष सुनारले निषेधाज्ञाको विकल्पमा कोरोना रोकथामका अन्य सुरक्षा सावधानी अपनाई लकडाउनको स्वरुप परिर्वतन गरि, विश्वका अन्य मूलुकले अपनाएका विधीलाई अपनाई आर्थिक गतिविधीलाई नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेका छन ।

    सबै उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय र विकास निर्माणका काम रोकिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको दावी गर्दै अध्यक्ष सुनारले लकडाउन र निषेधाज्ञाको स्वरुप परिवर्तन गरी विस्तारै जन जिवनलाई सामान्य बनाउन आग्रह गरेका छन ।

    चेम्बरले सरुवा तथा संक्रामक रोगको बढी जोखिम भएको स्थानहरुको पहिचान गरी निषेधाज्ञालाई कढाई गर्दै कम जोखिम भएको स्थानहरुमा उत्पादन, व्यापार र व्यवसायलाई नियमित गर्न माग गरेको छ ।

    नेपाल सरकारले विगतमा लामो समयसम्म लगाएको लकडाउनको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको चर्चा गर्दै अध्यक्ष सुनारले

    कोरोना कहरको कारण मारमा परेको निजी क्षेत्रलाई सरकारले ल्याएको राहात तथा पुनस्थापनाकोषले केही हदसम्म निजी क्षेत्रलाई

    सम्वोधन गरेको चर्चा गर्दै, पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक निती सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिन माग समेत गरेको छन ।

    उनले स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै निजी क्षेत्रलाई पेशा व्यवसायको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन ।

    कोरोना भाइरस संक्रमण बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सुरुमा भदौ २ देखि ७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

    पोखरा महानगरपालिकाको सिफारिसमा प्रशासनले भदौ ७ देखि १२ गतेसम्म ५ दिनको लागि निषेधाज्ञाको म्याद थप गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.