कोरोना पोजेटिभ रिपोर्ट आएका ४०जना पम्पर्कविहिन, समुदायमा संक्रमण दन्कने निश्चित
तपाईको प्रतिक्रिया





उपत्यकाका संक्रमितमध्ये ४० जना अहिले सम्पर्कमा छैनन् ।
काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गलत विवरणका कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।
सम्पर्कविहीन हुनेहरुमध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकामा अहिले ४० जना संक्रमित फेला पर्न सकेका छैनन् ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
महाशाखाका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन्।
काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै १ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।
महानगरका कोटेश्वरमा १ सय ३२ जना र महाराजगञ्ज क्षेत्रमा १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
ललितपुर महानगरभित्रै झण्डै ३ सय जनामा कोरोना संक्रमण भएको छ ।
Related