• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हेटौंडामा निषेधाज्ञा तोड्ने अभियान ; जनता थुनेर कोरोना नियन्त्रण नहुने भन्दै विकल्प खोज्न सरकारलाई चेतावनी

  •    शुभेच्छा न्यूज  /१० भाद्र २०७७, बुधबार २१:०० ,  प्रकाशीत
  • लामो समय सम्म गरिउको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण सर्वसाधारण ठूलो समस्यामा परेको भन्दै मकवानपुरको हेटौंडावाट निषेधाज्ञा तोड्ने अभियान सुरु भएको छ ।

    कोरोना नियन्त्रणका नाममा सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर जनताको सम्बेदनसिलता प्रति कुनै चासो नदेखाएको भन्दै नेपाली कांग्रेसले निषेधाज्ञा तोड्ने अभियान सुरु गरेको छ । कांग्रेसले हेटौडामा सार्वजनिक कार्यक्रम गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु गरेको जानकारी दिएका छन् ।

    कोरोना नियन्त्राणको नाममा जनतालाइ थु’नेर राख्न नपाइने भन्दै सामाजिक दुरी र स्वास्थ्य सजगता अपनाएर जिवन सामान्य बनाउन माग गरेका छन ।

    ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन उनले भने, लकडाउन र निषेधाज्ञाले आर्थिक मन्दी भएर सर्वसाधारणको बिचल्ली हुन्छ ।

    हेटौंडामा कोरोना संक्रमितको संख्या बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर काग्रेसले सुरु गरेको निषेधाज्ञा विरुद्धको अभियानमा १७१ जना सहभागी भएर पार्टी प्रवेश गरेको कांग्रेसको दावी छ ।

    निषेधाज्ञाले जनताको जनजीवन अस्तव्यस्त बनाएको भन्दै यसको विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् ।

    सरकारले निषेधाज्ञालाई मात्रै निरन्तरता दिने भन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरी उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँले बताए ।

    फाइल फोटो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.