• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुई करोडको लगानीमा ‘रिङ नेक’ जातको कालिज फार्म सञ्चालन,लक डाउनमा समेत माग उच्च

"ह्याचरी मेसिनसमेत राखेर चल्ला उत्पादन गरी बिक्री गर्दै "
  •    शुभेच्छा न्यूज  /१० भाद्र २०७७, बुधबार १९:३५ ,  प्रकाशीत
  • दुर्गाप्रसाद शर्मा

    पहिले जंगलमा पाइने ‘कालिज’ प्रजातिको पन्छी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन थालेको छ ।

    कालिजको स्वादका पारखी बढ्न थालेपछि पर्वतको कुस्माका एक जना व्यवसायीले झण्डै दुई करोड रुपियाँकोे लगानीमा ‘रिङ नेक’ जातको कालिज फार्म सञ्चालनमा ल्याएका छन् ।

    व्यवसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले पर्वतको कुस्मा नगरपालिका–८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एन्ड रिर्सच सेन्टर’ले व्यावसायिक रुपमा कालिजसहित कडकनाथ, स्थानीय जातका कुखुराको व्यावसायिक पालन गर्न शुरु गरेका हुन् ।

    जंगलमा पाइने चीर कालिज नेपालमा संरक्षित पन्छी भएकाले मार्न प्रतिबन्ध छ । तर, अहिले विभिन्न प्रजातिका कालिज व्यावसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ ।

    पौडेल दम्पत्तीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हबका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका ग्राहकलाई लक्षित गरी मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा फर्म स्थापना गरेका छन् ।

    कोरोनाको कहरका बीचमा पनि कालिज, लोकल कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोज पौडेलले बताउनुभयो ।

    ‘पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पन्छीको माग अत्याधिक छ,’ उहाँले भन्नुभयो–‘लक डाउनमा पनि मागअनुसार पु¥याउन कठिन भएको छ ।’

    सञ्चालक पौडेलका अनुसार फार्ममा गत वर्ष १ सय ५० कालिजका चल्ला तथा लोकल कुखुरा, कडकनाथ, लौकाट, टर्की गरी १ हजार चल्लाबाट शुरुवात गरिएको थियो ।

    राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रवेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस वर्ष फर्म बिस्तार भएको छ ।

    यस वर्ष ८ सयभन्दा बढी कालिज पालिएको छ भने ४ हजारभन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ। यी सबैले अण्डा दिएपछि यस वर्षमात्रै ५ हजार कालिज र १५ हजारभन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उहाँको छ ।

    आफैले ह्याचरी मेसिनसमेत राखेर चल्ला उत्पादन गरी बिक्री पनि गर्दै आउनुभएको छ । ‘यो वर्ष माग आउने हो भने सबै गरी ५० हजारसम्म चल्ला उत्पादन गर्न सक्छौं।’

    कुस्माबजारमा हार्डवयर व्यवसाय गर्दै आएको यो दम्पत्तीले हार्डवेयरसँगै कृषिमा पनि हात हालेको हो । अहिलेसम्म कुनै सरकारी अनुदानसमेत यो फर्मले लिएको छैन ।

    कृषि फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रवृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा व्यवसाय सञ्चालन गर्ने अठोट यो दम्पत्तीको छ ।

    ‘सरकारले अनुदान देला भनेर व्यवसाय शुरू गरिएको होइन’ सञ्चालक चन्द्रा क्षेत्रीले भन्नुभयो–‘सरकारले अनुदान दियो भने अझै व्यवसायलाई बढाउन सहयोग पुग्छ।’

    यो फर्ममा उत्पादित कालिज, कुखुरा पोखरादेखि मुस्ताङसम्म पुगेका छन् । फर्म अगाडि होटल र फ्रेस हाउससमेत सञ्चालन भएकाले जिउँदो किन्नेदेखि मासु लैजाने सुविधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटलसमेत सञ्चालनमा छ ।

    फर्ममा उत्पादित कालिज, कडकनाथ, लौकाट, लोकल कुखुरा र मोदीको असला माछासमेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.