कोरोना संक्रमणबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु भएकाे छ ।
संक्रमणबाट मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका- १४ का ६२ वर्षीय पुरुष, धोवनी गाउँपालिका-३, गुलरियाका ७२ बर्षीय पुरुष र
बाराको सुवर्ण गाँउपालिका- ४, हर्दिया गाउँकी २३ वर्षीया गर्भवती महिला भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
वीरगञ्जका ६२ वर्षीय पुरुषको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । यस्तै गर्भवती महिला श्वासप्रश्वासलगायतका स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।
नारायणी अस्पतालको आइसाेलेसन वार्डमा उपचाररत पर्साको धोवनीका ७२ वर्षीय वृद्धकाे बुधबार राति मृत्यु भएको छ ।
ती वृद्धलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासकाे समस्या पनि थियाे ।

Related