पोखरामा ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ शुभेच्छा न्यूज /११ भाद्र २०७७, बिहीबार १७:२६ , प्रकाशीत कास्कीको प्रहरी टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ११ रानीपौवा तुलसी मार्गबाट १ जनालाई प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ तुल्सीमार्ग बस्ने वर्ष २७ को विशाल घमाल रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका निज घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खोजतलास तथा अनुसन्धान गरेर पक्राउ गरेको छ । उनको कोठा भित्र लुकाई छिपाई राखेको ट्रामाडोल हाइडोक्लोराइड ३०० क्याप्सुल, ३ सय ग्राम चरेश र सुकेको गाँजा ३ किलो ४ सय ग्राम सहित पक्राउ गरीएको वडा प्रहरी कार्यालय राम बजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको उनले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीको प्रहरी टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ११ रानीपौवा तुलसी मार्गबाट १ जनालाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ तुल्सीमार्ग बस्ने वर्ष २७ को विशाल घमाल रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका निज घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष
सूचनाको आधारमा प्रहरी टोली खोजतलास तथा अनुसन्धान गरेर पक्राउ गरेको छ ।
उनको कोठा भित्र लुकाई छिपाई राखेको ट्रामाडोल हाइडोक्लोराइड ३०० क्याप्सुल, ३ सय ग्राम चरेश र सुकेको गाँजा ३ किलो ४
सय ग्राम सहित पक्राउ गरीएको वडा प्रहरी कार्यालय राम बजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको उनले बताए ।
Related