• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमीत थपिए, संक्रमितको संख्या १ हजार ९७५

"संक्रमण मुक्त भएर १ हजार ६ सय ६५ जना घर फर्किए "
  •    शुभेच्छा न्यूज  /११ भाद्र २०७७, बिहीबार १०:५७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।

    कोरोना पुष्टि हुनेमा तनहुँका ९, बागलुङका ८, लमजुङका ४, नवलपुरका ३ र पर्वतका १ जना छन् ।

    गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्वतको जलजला गाउँपालिका ४ का ३६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिकाका ८ जनालाई कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २१ र ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    वडा नम्बर ३ का १ वर्षीय बालिका सहित १९ र २७ वर्षीय महिला, वडा नम्बर ६ का ३१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ८ का २४ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ ।

    यस्तै नगरपालिकाको वडा नम्बर १० का २८ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

    लमजुङको बेसीसहर नगरपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । उनी २२, २६ र ३७ वर्षीय पुरुष हुन् । उनीहरुमध्ये २ जना नेपाली सेना हुन् भने १ जना पालिकामा कार्यरत छन् ।

    यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा नवलपरासी ब.सु.पू को मध्येबिन्दु नगरपालिकाका २ जना तथा गैडाकोटका २ जना गरेर ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    तनहुँमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका ४ का ३४ र ६२ वर्षीय पुरुष, वडा नम्बर ६ का ५३ र ५८ वर्षीय पुरुष, वडा नम्बर ७ का १ वर्षीय बालक सहित ३५ र ३७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    म्याग्दे गाउँपालिका कै ३१ वर्षीय १ महिलामा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

    त्यस्तै तनहुँ कै भानु नगरपालिकाको वडा नम्बर ४ का ५० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ । संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए।

    गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय ६५ जना घर फर्किएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.