कोरोना संक्रमणबाट मृत्यु भएकी महिला पोखराका विभिन्न अस्पतालमा उपचार गराउदै पुगेकी थिएन गण्डकी अस्पताल
"उनी साइअर्चना, मणिपाल अस्पताल हुदै आइसियुका लागि सेवा अस्पतालमा "
तपाईको प्रतिक्रिया





पोखरामा बिहिबार मृत्यु भएकी महिला लामोसमदेखि विरामी भएको खुलेको छ ।
उनी २ सातादेखि विरामी भएको र पोखरास्थित रहेका झण्डै आधादर्जन अस्पतालमा उपचार गराउन पुगेको खुलेको छ ।
पोखरा महानगरपालिका वडानं ११ मा बस्दै आएकी महिला विरामी परेपछि साहि अर्जना अस्पताल, मनिपाल अस्पताल, सेवा अस्पताल हुदै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेको बुझिएको छ।
उनी साउन महिनमा पहिले साइ अर्जना अस्पताल उपचार गराउदा समेत आराम नभएपछि साउनको अन्तिम हप्ता गम्भीर अवस्थामा सेवा हस्पिटलको आइसियुमा भर्ना हुन आएकी थिइन् ।
सेवा हस्पिटलले उनी साइअर्चना, मणिपाल अस्पताल हुदै आइसियुका लागि सेवा अस्पतालमा आएको बताएको छ।
मणिपालले आइसियुमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको आइसियु खाली नभएको भन्दै महिलालाइ सेवामा पठाएको थियो।
सेवा हस्पिटलमा यस अघि कोरोना संक्रमले ज्यान गुमाएकी तनहुँकी महिला र उनी एउटै वार्डमा उपचाररत रहेका थिए ।
सेवा अस्पतालमा उपचाररत महिलाका मृत्यु पछि कन्ट्रायाक ट्रेसिङका आधारमा एउटै वाडमा उपचार गराएका र अस्पतालका अन्य स्वास्थ्यकर्मीको पीसीआर परिक्षण गर्दा अस्पतालकी १ नर्स र ती महिलाको भाद्र ६ गते कोरोना पुष्टि भएको थियो ।
सेवा मै भेन्टिलेटरमा राखे उपचार गरिएकी महिलालाई कोरोना भाइरस पुष्टी भएपछि ७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार वार्डमा पठाइएको थियो ।
दुई दिन अघि उनको स्वाप्रश्वासमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै अवस्थामा महिलाको विहिबार बिहान मृत्यु भएका पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.अर्जुन अचार्यले जानकारी दिए ।
कोरोना संक्रमणपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताको आइसोलेसनमा भर्ना भएका ५ जनाको मृत्यु भइसकेको छ।
हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
Related