पोखरामा थप ११ जना कोरोना संक्रमीत थपिए, संक्रमित बैक कर्मचारी देखि इन्जिनियर सम्म
"प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ "
तपाईको प्रतिक्रिया





पोखरामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ११ जनमा संक्रमण देखिएको हो ।
गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले पोखरामा महानगरपालिका १ का १८ वर्षीय पुरुष सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनी मोबाइल पसल सञ्चालन रहेको खुलेको छ।
त्यसैगरी पोखरा २ का २५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २ का संक्रमित कामना विकास बैंक दिप शाखामा कार्यरत व्यक्ति हुन् । त्यस्तै पोखरा ३ का २९ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको छ । उनी एभरेस्ट बैंक अमरसिंङचोक शाखामा कार्यरत छन् ।
त्यस्तै पोखरा ५ का ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखरा कै औद्योगिक क्षेत्रमा कार्यरत रहेको बताइएको छ ।
यस्तै पोखरा महानगरपालिका वडा नम्बर ११ का ५६ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरा १४ का २७ र ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर १४ का ३५ वर्षीय पुरुष इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत व्यक्ति हुन् ।
त्यस्तै वडा नम्बर १६ को थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३१ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षीय पुरुष रहेका छन् ।
योसंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ। संक्रमितहरुलाई आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए।
गण्डकी प्रदेशमा निको भएर घर फर्किनेको संख्या १ हजार ६ सय ७२ जना (८२.६९ प्रतिशत) रहेको डा. शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।
Related