मणिपालका डाक्टरसहित लमजुङमा २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ६४
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ सार्वजनिक गरेको फर फरक विवरण अनुसार लमजुङ बेसीशहर नगरपालिकामा एक जना थुनुवासहित २० जना प्रहरी संक्रमति भएका छन् ।
त्यसैगरी पोखरास्थित रहेको मणीपाल शिक्षण अस्पतालमा उपचाररत १ जना विरामीमा समेत संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार मणिपालमा कार्यरत २६ वर्षीय डाक्टरलाई संक्रमण देखिएको हो ।
शुक्रबार दिउँसो पोखरा महानगरपालिकाका ११ जना संक्रमित थपिएका थिए । विहान दुई पटक सार्वजनिक विवरणमा २० जनालाई संक्रमणको पुष्टी भएको थियो ।यो सहित गण्डकीमा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ।
लमजुङमा देखिएका संक्रमितमा २७ देखी ४४ बर्ष उमेर समुहका पुरुष हुन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत बेसीशहर– ८ की ४७ बर्षिय महिला कर्मचारीलाई संक्रमण देखिएको छ ।
राईनास गाउँपालिका–९ की २१ बर्षिय महिला र बेसीशहर–८ का ५१ बर्षिय पुरुष पनि संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो अपडेट अनुसार लमजुङ र नवलपरासी बर्दाघाट सुस्तापुर्व र कास्किमा २९ जना संक्रमित भएका हुन् ।
नवलपरासीको देवचुली नगरपालिका–१ मा ५४ बर्षिया महिला, मध्यविन्दु नगरपालिका–१० मा ३४ बर्षिय पुरुष र कावासोती नगरपालिका–१६ का ७० र २४ बर्षिया बृद्धामा कोरोना पुष्टी भएको छ ।
यो संगै गण्डकी प्रदेशमा दुई हजार ६४ पुगेको छ । संक्रमित लाई आइसोलशन लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
एक हजार ६ सय ८९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
Related