आज राति १२ बजेदेखि पोखरा र कास्की जिल्लामा लगाइएको निषेधाज्ञाको समय सकिदैछ । ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप नलम्बिने संकेत देखिएको छ ।
पोखरा महानगरपालिकाले समेत निषेधाज्ञा नलम्विने संकेत गरेको छ । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले अब निषेधाज्ञा नथपिने बताए ।
उनले कोरोना रोकथामका लागि सचेतनाको पाटोलाई भने ध्यान दिइने बताए । ‘संघ र प्रदेशले बनाएको नियमहरुलाई पालाना गर्दै १० दिने निषेधाज्ञा अब थप्दैनौ’ उनले नागरिकखबर डटकमलाई भने ।
गण्डकी प्रदेश सरकार समेत निषेधाज्ञाको विपक्षमा देखिन्छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरङले समाजिक सञ्जालबाट निषेधाज्ञा र लकडाउनको विरोध गर्दै आएका छन ।
लकडाउनको अवधिमा पोखरामा कोरोना संक्रमित केही कम भए पनि यसलाई खतराको जोखिम अझै रहेको विज्ञहरुले औल्याएका छन् ।

Related