नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रा.डा. जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
देशभर कुल संक्रमितको संख्या ३७ हजार नाघेको छ । आजसम्म ३७ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ ।
यीमध्ये १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १ सय ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको मन्त्रालयको तथ्यांक छ ।

Related