• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्ण खेलमैदान पुनःडिजाइन गरिने

  •    शुभेच्छा न्यूज  /१३ भाद्र २०७७, शनिबार २१:२५ ,  प्रकाशीत
  • एक पालिका एक खेलमैदान’ निर्माण अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा जारी स्थानीय माचापुच्छे« माविको खेलमैदान स्तरउन्नति कार्यमा

    गलत इन्जिनियरिङ भएको पाइएपछि पुनः डिजाइन गरिने भएको छ।

    गलत इन्जिनियरिङ बारे स्थानीय युवाले आवाज उठाएपछि तथा केही संचार माध्ययममा समाचार प्रकाशन प्रशारण भएसँगै गाउँपालिका

    उक्त डिजाइन फेर्न तयार भएको हो ।जसबाट गाउँपालिकालाई व्यय भार थपिने निश्चित भएको छ।

    काम गलत भएको रैछ, युवाले निर्माणाधीन अवस्थामै सचेत गराउनुभयो, उहाँहरु प्रति आभारी छु अव हामी डिजाइन फेरेर काम

    गछौँ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भन्नु भएको छ । युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको पनि उनले बताए ।

    उहाँहरुलाई आगामि दिनमा पनि गाउँपालिकाका हरेक गतिविधीमा चाँसो दिई रचनात्मक सुझाव दिन आग्रह पनि गर्दछु अध्यक्ष कुँवरले भन्नुभयो ।

    विगत केही दिन अघिदेखि युवाहरुले निर्माण कार्य जारी रहेको चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले

    प्याराफिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्ने तर्फ सचेत गराउँदै आएका थिए।

    गाउँपालिकाको गौरवको आयोजना भएकाले बिग्रार्ने छुट कसैलाई थिएन आवाज उठाउने मध्येका एक सिम्पालीका शिव सुवेदीले बताउनुभयो ।

    हामीले कसैको बिरोध गरेको हैन, गलत काम भइरहेको छ भनेर खवरदारी मात्रै गरेको हो, खवरदारी गर्दागर्दै पनि निर्माण जारी

    रहेकाले त्यस्तो काम रोक्नुपर्ने पनि भनिएको हो सुवेदीले प्रष्ट पार्नुभयो ।अव देखि यस्ता काम नहुनेमा गाउँपालिकाले विश्वास दिलाउनु पर्दछ ।

    यता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकार सहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको

    शनिवार अवलोकन गरेको छ।अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति
    भएको वडा नं.२ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए ।

    प्याराफिटमा बसेर हेर्दा ७ देखि १० प्रतिशत मैदान छेकिने रैछ, त्यो हामीले पनि महशुस गयौँ वडाध्यक्ष अधिकारीले भन्नुभयो ।

    मैदानको गाउँपालिकाका इञ्जिनियर राजन गौतमले डिजाइन गरेका थिए।जसमा प्राविधिक त्रुटि भेटिएको हो ।

    मैदान निर्माणका लागि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट .५० लाख तथा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ। मैदानको उत्तरपट्टी निर्माण कार्यहरु भइरहेका छन्।

    जसअन्र्तगत बीच भागमा चेञ्जिङ रुम तथा कार्यक्रम हल निर्माण जारी थियो।

    बनिरहेकै संरचना अनुसार चेञ्जिङ रुम र कार्यक्रम हलले छेकेर चेञ्जिङ रुम नजिकै पूर्वपट्टीको प्याराफिटमा वसी खेल हेर्ने दर्शकले

    पश्चिम उत्तर क्षेत्रको खेल देख्न नपाउने तथा पश्चिमपट्टीको प्याराफिटमा वसी खेल हेर्ने दर्शकले पुर्व उत्तर क्षेत्रको खेल हेर्न सक्ने अवस्था रहदैन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.