• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका वडा सदस्यसहित ३ जना अपहरण कसुरमा पक्राउ

  •    शुभेच्छा न्यूज  /१३ भाद्र २०७७, शनिबार २१:१९ ,  प्रकाशीत
  • कास्कीबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरका ३ आरोपी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका- २३ भएका ४५ वर्षीय भरतराज भण्डारी, काठमाडौंको कीर्तिपुर नगरपालिका- ४ घर भई हाल कास्की पोखरा महानगरपालिका- २३ बस्ने ४२ वसन्त लामा र कास्की पोखरा महानगरपालिका- २३ कै ४५ वर्षीय टीकाराम भण्डारी रहेका छन् ।

    भरतराज पोखरा महानगरपालिका २३ का वडा सदस्य, लामा ठेकेदार र टीकाराम सुपरभाइजर रहेको र तीनै जनालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रहरीले पोखरा महानगरपालिका- २३ बस्ने २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

    ८ भदौका दिन दिउँसोको २:३० बजेतिर खहरेखोलास्थितमा निर्माणाधीन पुलबाट सापकोटालाई नियन्त्रणमा लिई कुटपिट गरेर मोबाइलसमेत खोसी बा १४ च ८२७९ नम्बरको कारमा राखेर वसन्त लामाको फ्ल्याटमा थुनेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट परिचालित प्रहरीको टोलीले पीडित सापकोटाको उद्धार गरेको र घटनामा प्रयोग सेतो रंगको क्रेटा गाडीसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरील जनाएको छ ।

    तीनै जनामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर र संगठित अपराध मुद्दामा हिजोदेखि लागू हुने गरी कास्की जिल्ला अदालतबाट पहिलो पटक ७ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.