पोखराबाट सरकारी छाप किर्ते गरेको आरोपमा सजाय तोकिएका फरार ३ प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया





सरकारी छाप र दस्तखत किर्ते गरी अदालतबाट सजाँय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई जिल्ला पहरी कार्यलय कास्कीले पक्राउ गरेको छ।
कास्की जिल्ला अदालतले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय तोकी फरार रहेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई वि.स.२०७५ वैशाख २ गते जिल्ला अदालत कास्कीले कैद सजाय तोकेकोमा हालसम्म फरार रहेका थिए ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–६ तिलहार घर भई पोखरामा ब्यापार गर्ने ३७ वर्षीय निर्दोष गिरी, पोखरा–३३ लामगादीका कन्ट्रक्सन कम्पनीमा सुपरभाईजरमा कार्यरत २४ वर्षीय ऋषिराम गिरी र पोखरा २ हरिचोक निवासी सवारी चालक २२
वर्षीय असिम भण्डारीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एबं डिएसपी सुबास हमालले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई पोखराको चाउथे, बिजयपुर र हरिचोकबाट शनिवार पक्राउ गरेको गनले बताए ।
Related