लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेहरुमा संजोक बिक र शिलास बिक रहेका छन् ।
उनीहरुलाई पोखरा ३३ भरतपोखरीबाट आइतबार राति साढे १० बजेको समयमा पक्राउ गरिएको हो ।
तनहुँ शुक्लागण्डी १२ घर भई हाल पोखरा १७ बिरौटा बस्दै आएका संजोक पेशाले ड्राइभर हुन् । यस्तै, पोखरा १७ बिरौटाका शिलास बि.क सटिङको काम गर्दै आएका थिए ।
उनीहरुले चढेको ग ९ प ६०२८ नं.को पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रममा ६ किलो १ सय ग्राम गाँजा र तौलने मेसिन नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले जनाएका छन् ।

Related