नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४ सय ६० मिटर गोरेटो बाटो निर्माण गरेको छ ।
यही भदौ मसान्तभित्रै ५ सय ५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।
भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो ।
गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।
यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ ।
व्यासको छांगरुमा १ सय १७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले ४ सय ६० मिटर काम पूरा भएको र थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्ने बताए ।
उनले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्रयाक खोल्ने काम भइरहेको बताए । त्यहाँ कडा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ ।
उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ ।
मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिंकर सडक योजना र घाँटीबगर–तिंकर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

Related