पोखरामा ९ वर्षीया बालिका बलत्कारको आरोपमा एक जना पक्राउ शुभेच्छा न्यूज /१५ भाद्र २०७७, सोमबार ०९:१८ , प्रकाशीत बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखराको रामबजारकी ९ वर्षीया बालिका बलत्कृत भएको भन्दै कास्की प्रहरीमा शुक्रबार जाहेरी परेको थियो । जाहेरी परेलगत्तै फरार रहेका आरोपितलाई स्याङ्जाबाट आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनलाई पोखरा ल्याएर थप अनुसन्धान जारी रहेको र छिट्टै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार अभिभावक नभएको अवस्थामा बालिकामाथि पछिल्लो ३–४ महिनादेखि बलात्कार हुँदै आएको थियो । आफन्तले थाहा पाएर कास्की प्रहरीमा उजुरी दिएपछि स्याङ्जा पुगेका अभियुक्तलाई स्याङजा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पोखराको रामबजारकी ९ वर्षीया बालिका बलत्कृत भएको भन्दै कास्की प्रहरीमा शुक्रबार जाहेरी परेको थियो ।
जाहेरी परेलगत्तै फरार रहेका आरोपितलाई स्याङ्जाबाट आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनलाई पोखरा ल्याएर थप अनुसन्धान जारी रहेको र छिट्टै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।
प्रहरी स्रोतका अनुसार अभिभावक नभएको अवस्थामा बालिकामाथि पछिल्लो ३–४ महिनादेखि बलात्कार हुँदै आएको थियो ।
आफन्तले थाहा पाएर कास्की प्रहरीमा उजुरी दिएपछि स्याङ्जा पुगेका अभियुक्तलाई स्याङजा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
Related