महिलालाई बलात्कार गरेको आरोपमा पोखराबाट १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । गुरुङ भूतपूर्व भारतीय सैनिक भएको खुलेको छ ।
भदौ १२ गते राति डर, धाकधम्की देखाई महिलाई बलात्कार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हमालले बताए ।
यसअघि, सोमबार मात्रै पोखरा १० मै रामबजारकी ९ वर्षीया बालिकालाई महिनौंदेखि यौन शोषण गर्दै आएका रेस बहादुर गुरुङलाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पीडित महिलाले घटनाको भोलिपल्ट अर्थात् भदौ १३ गते मात्र कास्की प्रहरीमा जाहेरी दिएकी थिइन् ।
गुरुङविरुद्ध करणीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता हमालले जानकारी दिए ।

Related