पर्वतमा कोरोना संक्रमण नियत्रण गर्न यातायात बन्द शुभेच्छा न्यूज /१६ भाद्र २०७७, मंगलवार ०८:३९ , प्रकाशीत पर्वतमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण तथा अन्य आयोजनामा काम गर्नको लागि विभिन्न जिल्लाबाट लुकीछिपी श्रमिकहरू ल्याउँदा गाउँ गाउँमा संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सोमबार राती १२ बजेदेखि एक हप्ताका लागि सार्वजनिक यातायात संचालनमा रोक लगाइएको कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । जिल्लाका सात ओटै स्थानीय तहका प्रमुख, सरोकारवाला निकाय सम्मिलित बैठकले एक साता सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो । मानिसको ओसारपसार हुने मुख्य माध्यम सार्वजनिक सवारी भएले यस्तो निर्णय गरिएको प्रजिअ रेग्मी बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पर्वतमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण तथा अन्य आयोजनामा काम गर्नको लागि विभिन्न जिल्लाबाट लुकीछिपी श्रमिकहरू ल्याउँदा
गाउँ गाउँमा संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सोमबार राती १२ बजेदेखि एक हप्ताका लागि सार्वजनिक यातायात
संचालनमा रोक लगाइएको कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
जिल्लाका सात ओटै स्थानीय तहका प्रमुख, सरोकारवाला निकाय सम्मिलित बैठकले एक साता सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।
मानिसको ओसारपसार हुने मुख्य माध्यम सार्वजनिक सवारी भएले यस्तो निर्णय गरिएको प्रजिअ रेग्मी बताए ।
Related